लगानी खबर, काठमाडौँ - सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ । गत वर्षको सोहि अवधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो |
बैंकको चालु आवको अर्धवार्षिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको २ अर्ब ८३ करोड शेयर पुँजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।
त्यस्तै, बैंकको जगेडा कोषमा १ अर्व ३ करोड ८९ लाख रहेको छ ।
बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।