Like us!
Follow us!

चन्द्रागिरी हिल्सको आइपिओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

चन्द्रागिरी हिल्सको आइपिओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौँ - चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड माघ ९ गते, शुक्रबार भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे पहिलाे काराेबार पनि अब छिट्टै नै हुनेछ । आइपिओ सूचीकरणको लागि सिडीएससीसँग हिजाे शुक्रबार नै सम्झौता भइसकेको छ । सिडीएसले भाेलि आइतबारबाट लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थाल्नेछ । लगानीकर्ताको खातामा शेयर पठाएपछि नेप्सेसँग सूचीकरणको सम्झौता गरिनेछ । नेप्सेमा शेयर सुचिकृत भएको भोलिपल्टदेखि दाेश्राे बजारमा कम्पनीकाे शेयर कारोबार सुरु हुनेछ । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

चन्द्रागिरी हिल्स लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिशेयर नेटवर्थ ९६ रूपैयाँ ६९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २९० रुपैयाँ ७ पैसा हुन्छ । 

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे ।  

गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए भने २ जनाले ११ कित्ता शेयर पाएका थिए । यता बाँकी १० लाख ७७ हजार जना भन्दा धेरै आवेदककाे हात खाली भएकाे थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।