Like us!
Follow us!

आइपिओ ल्याउन लागेको ज्योति लाइफ इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

आइपिओ ल्याउन लागेको ज्योति लाइफ इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

लगानी खबर  काठमाडाैं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा १० करोड ७८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ५६ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ९२.५३ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ७२ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपीओ निष्कासन गरेपश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6013ebc61ede2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।