Like us!
Follow us!

हिमालयन डिष्टिलरीको ५०% लाभांश शेयरधनीको बैंक खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

हिमालयन डिष्टिलरीको ५०% लाभांश शेयरधनीको बैंक खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

कम्पनीकाे पाैष २९ गते, बुधबार सम्पन्न भएकाे २०औं वार्षिक साधारण सभाले पारित गरेकाे ५० प्रतिशत नगद लाभांश बुकक्लाेज हुँदासम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

कम्पनीकाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

बैंक​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6013cb7178966.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।