लगानी खबर, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (माघ १६ गते, शुक्रबार) सम्पन्न भएकाे छ । उक्त आइपीओकाे बाँडफाँड बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडकाे कार्यलय, लाजिम्पाट, काठमाडाैँबाट फेसबुक लाइभ मार्फत भएकाे हाे ।
उक्त आइपीओमा १४ लाख ७५ हजार ८० वटा याेग्य आवेदन रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएकाे थियाे ।
यस आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३ सय कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८ सय ५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २ सय ४८ आवेदकले ६ लाख ७ हजार ४ सय ४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९ सय ३४ आवेदकले ६ लाख ७७ हजार ३ सय ६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९ सय ३८ आवेदकले ८९ लाख ९६ हजार ९ सय कित्ता शेयर हात पारेका छन् ।
यसैगरी, ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै शेयर पाएका छन् । यसरी हेर्दा कुल ७ करोड ९ लाख १९ हजार २ सय ८० कित्ता शेयर बाँडफाँड गरिएको छ ।
बैंककाे आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबकाे १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।
बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।