लगानी खबर, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (माघ १६ गते, शुक्रबार) हुँदैछ ।
बैंककाे पाैष १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १९औं वार्षिक साधारण सभा आम्रपाली बैंक्वेटमा, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा बैंककाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभामा सर्वसाधारण समूहबाट २ जना र संस्थापक समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २८ गते बुकक्लोज गरेको छ । त्यसैले, पाैष २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।