Like us!
Follow us!

एनसीसी बैंकको नाफा घट्दा अरू सूचक के भए ? (सूचिसहित)

एनसीसी बैंकको नाफा घट्दा अरू सूचक के भए ? (सूचिसहित)

लगानी खबर, काठमाडौँ -  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६१ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १८.८१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यस्तै, पाैष मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा पनि २०.६७ प्रतिशतले घटेर ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी पनि १३.२७ प्रतिशतले घटेर एक अर्ब ४४ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले एक अर्ब ६६ कराेड ५४ लाख ४४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४३.९० प्रतिशतले घटेर ८५ करोड ६० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ५ करोड ९३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३८ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6012a6dfec112.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।