Like us!
Follow us!

मेगा बैंकको खुद नाफा १ अर्ब ३० करोड (विवरणसहित)

मेगा बैंकको खुद नाफा १ अर्ब ३० करोड (विवरणसहित)

लगानी खबर, काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकहरूमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ३० करोड ४४ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३७.२८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६९ करोड ९८ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २६.६० प्रतिशले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब १३ करोड २५ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ३४.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

60129a497544a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।