Like us!
Follow us!

शेयर बजार घट्दा पनि यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

शेयर बजार घट्दा पनि यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौँ - आज (बिहीबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४४२.०६ मा पुगेको छ । कूल २०९ वटा कम्पनीकाे २ कराेड १९ लाख १७ हजार ९ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ७४ करोड ८० लाख २२ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएकाे छ । यो कारोबार हालसम्मकै उच्च हो । 

त्यसैगरी, बिहीबार सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड, सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड, सपाेर्ट माइक्राेफाइनान्स, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् ।

601283f20a5d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।