Like us!
Follow us!

कारोबार रकमले रेकर्ड ब्रेक गर्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

कारोबार रकमले रेकर्ड ब्रेक गर्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - बिहीबार शेयर बजारमा नयाँ रेकर्ड बनेकाे छ ।  बिहीबार नेप्सेमा कारोबार रकमले नयाँ रेकर्ड बनाएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४४२.०६ मा पुगेको छ । कूल २०९ वटा कम्पनीकाे २ कराेड १९ लाख १७ हजार ९ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ७४ करोड ८० लाख २२ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएकाे छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि माघ ११ गते आइतबार नेप्सेमा सबैभन्दा धेरै अर्थात् ९ अर्ब ३७ करोड ६० लाख रूपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यसैगरी, बढेकाे बजारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल टेलिकम, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

601283e7765cf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।