लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४४२.०६ मा पुगेको छ ।
कूल २०९ वटा कम्पनीकाे २ कराेड १९ लाख १७ हजार ९ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ७४ करोड ८० लाख २२ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएकाे छ । यो कारोबार हालसम्मकै उच्च हो ।
स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ५६ कराेड ६३ लाख ९८ हजार ९ सय ९१ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।