लगानी खबर, काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४०.६९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी पनि ३७.२८ प्रतिशतले घटेर १ अर्ब १५ करोड २१ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ८३ कराेड ७० लाख ३१ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४०.६९ प्रतिशतले घटेर १ अर्ब ४ करोड ४० लाख ६५ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ७६ कराेड ३ लाख ५३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९८ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।