Like us!
Follow us!

बिहीबार ४ कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

बिहीबार ४ कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

लगानी खबर, काठमाडौं – आज (बिहीबार) विभिन्न ४ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । 

बिहीबार साधारण सभा हुन लागेकाे कम्पनीकाे विवरण यस प्रकारकाे छ :

१. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे विशेष साधारण सभा बैंकको प्रधान कार्यालय रहेकाे भवन, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ । विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ । यसैगरी, सभामा बैंकको अधिकृत पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि पेश हुनेछ । त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडकाे १४औं वार्षिक साधारण सभा माघ १५ गते बिहीबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, सुख्खानगर, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे पाैष १ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ । त्यसैगरी, बैंकले साधारण सभा तथा बाेनस वितरण गर्ने प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा बाेनस प्राप्त गर्न सक्नेछन् ।

३. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि माघ २ गतेदेखि माघ १५ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे पाँचाै र छैठाैँ वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार, होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।