Like us!
Follow us!

सानिमा लार्ज क्याप फण्डमा हालसम्म कति पर्यो आवेदन ?

सानिमा लार्ज क्याप फण्डमा हालसम्म कति पर्यो आवेदन ?

लगानी खबर, काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषमा पाँचाै दिनसम्ममा  ९७ करोडको आवेदन परेकाे छ ।

बुधबार बेलुका ५ बजेसम्ममा ६९ हजार ७ सय ४५ जना आवेदकले ९७ करोड ५० लाख ४२ हजार २ सय रूपैयाँ बराबरकाे ९ कराेड ७५ लाख ४ हजार २ सय २० इकाईका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।