Like us!
Follow us!

ज्योति विकास बैंकको १० प्रतिशत बोनस पारित

ज्योति विकास बैंकको १० प्रतिशत बोनस पारित

लगानी खबर, काठमाडौँ - ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा आज माघ १४ गते बुधबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ।

साथै, साधारण सभाले ज्योति विकास बैंक संस्थापक शेयरधनी समुहको तर्फबाट हरि प्रसाद , हरि चन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । 

 

  

                                                                                                                    

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।