Like us!
Follow us!

बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ मा पुगेकाे छ । नेप्से ०.७७ प्रतिशतले बढेकाे हो । यस्तै, बुधबार सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घटेर ४४६.३८ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बुधबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सपाेर्ट माइक्राेफाइनान्स, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेड र आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् ।

601131fd1febc.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।