लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बुधबार फेरि शेयर बजारमा राैनकता फर्किएकाे छ । पछिल्लाे समय लगातार नयाँ रेकर्ड बनाइरहेकाे शेयर बजारमा हिजाे मंगलबार भने दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे । तर बुधबार फेरि शेयर बजार पुरानै लयमा फर्किएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ मा पुगेकाे छ । नेप्से ०.७७ प्रतिशतले बढेकाे हो । यस्तै, बुधबार सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घटेर ४४६.३८ मा पुगेको छ ।
कूल २०८ वटा कम्पनीकाे एक कराेड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, बुधबार ७ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सपाेर्ट माइक्राेफाइनान्स, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयरकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।