Like us!
Follow us!

एनएमबि लघुवित्तको नाफा ५७.०९% ले बढ्दा अन्य सूचक कस्ता छन् ? (विवरणसहित)

एनएमबि लघुवित्तको नाफा ५७.०९% ले बढ्दा अन्य सूचक कस्ता छन् ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ५७.०९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ९० लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २१ करोड १ लाख ५२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५३.६६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड ६७ लाख ६१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड १९ लाख ८२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १५३.१५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ८१ लाख ८५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ, जगेडा कोषमा  २४ करोड ३२ लाख ८९ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ०७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

60111c362b05d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।