लगानी खबर, काठमाडौँ - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।
कम्पनीको माघ ५ गते साेमबार सम्पन्न भएकाे बार्हाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ५.५२६ प्रतिशत नगद लाभांश (करसहित) पुस १६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।
त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
कम्पनीकाे शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।