लगानी खबर, काठमाडौँ - स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड २ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १४९.०९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २० करोड ६७ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३३.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १५ करोड ४८ लाख ८८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि १२६.२० प्रतिशतले बढेर १७ करोड १५ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ५८ लाख ४९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ र जगेडा कोषमा ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ रहेकाे छ । संस्थाकाे प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९८ पैसाबाट बढेर ८७ रुपैयाँ १३ पैसा पुगेको छ र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७२ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।