Like us!
Follow us!

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे ३१ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे माघ ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बिसाैँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । याे प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।