लगानी खबर, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (माघ १४ गते, बुधबार) हुँदैछ ।
बैंककाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभामा हाल कायम ५४.३५% संस्थापक हिस्सालाई घटाएर ५१% कायम रहने गरी बाँकी शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । बैंकले सभा मार्फत शेयर संरचना परिवर्तन गर्ने भएको छ।
यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २९ गतेदेखि माघ १४ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।