Like us!
Follow us!

सिभिलको नाफामा कोरोनाको प्रभाव

सिभिलको नाफामा कोरोनाको प्रभाव

लगानीखबर काठमाडौं,  प्रगतिको पथमा आफ्नै गतिमा हिडिरहेको सिभिल बैंक लिमिटेडको नाफामा कोरोनाको प्रत्यक्ष असर परेको छ । सिभिलले कोरोनाको प्रभावले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकले  गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफा अघिल्लो वर्षको भन्दा ३५।३९ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । सिभिलको खुद ब्याज आम्दानी १.७८प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५९  प्रतिशतले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि ५४.७२प्रतिशतले घटेको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३६.९३प्रतिशत र २०.६५ प्रतिशत ले बढाउन सफल भएको छ ।

असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई रिजर्भ कोष बढाउने चुनौती देखिन्छ । चौथो त्रैमाससम्म आइपुग्दा सिभिलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर ५ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।