Like us!
Follow us!

आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता

आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता

लगानी खबर, काठमाडौँ - आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । 

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका सञ्चालक सुजता चौलागाईंले हस्ताक्षर गरेका हुन् । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुनेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।