Like us!
Follow us!

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्दा अन्य सूचक कस्ता छन् ?

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्दा अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौँ - आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड २२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १३.४८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १.४८ प्रतिशतले धेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा भने ३.२४ प्रतिशतले घटेर ६ करोड ९८ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ, जगेडा कोषमा ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ६६ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

600fc2d877387.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।