लगानी खबर, काठमाडौं – बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित १३औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे माघ ९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औं वार्षिक साधारण सभा फागुन ७ गते, शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, महाराजगञ्ज, काठमाडाैँमा बेलुका ३ बजेदेखि सुरू हुनेछ ।
सभामा सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।