लगानी खबर, काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय थप गरिएकाे छ । यसअघि माघ १३ गतेसम्म दिन पाइने भनिएकाेमा अब माघ २६ गतेसम्म आवेदन दिन पाइनेछ ।
साेमबार बेलुका ५ बजेसम्ममा ५० हजार ७ सय ४४ आवेदकले ६१ करोड ३९ लाख ३३ हजार ३ सय रूपैयाँ बराबरकाे आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । .
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाइनेछ ।
उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।