Like us!
Follow us!

अरुण भ्यालीको नाफा १०२.०४ प्रतिशतले बढ्यो : यस्ता छन् अन्य सूचक (विवरणसहित)

अरुण भ्यालीको नाफा १०२.०४ प्रतिशतले बढ्यो : यस्ता छन् अन्य सूचक (विवरणसहित)

लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफामा उल्लेख्य सुधार देखिएकाे छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०२.०४ प्रतिशतले धेरै हाे । गत  आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ३ करोड ३६ लाख ८२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १ करोड ९३ लाख रुपैयाँबाट बढेर ६ करोड ५३ लाख रूपैयाँ पुगेको छ । त्यसैले, नाफामा उल्लेख्य सुधार हुन मद्दत पुगेकाे हाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्री मार्फत् ३ करोड ४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २५.२३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ७ लाख रूपैयाँ आम्दानी गरेको थियाे । 

त्यसैगरी, कम्पनीकाे चुक्ता पूँजी ९९ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १४ करोड ४३ लाख रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ४६ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

600fa51ca7253.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।