लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफामा आकर्षक चमक देखिएकाे छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २४५.७९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २४ करोड १९ लाख ६७ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १३ करोड ५० लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको थियाे ।
पाैष मसान्तसम्ममा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि १४ लाख ५ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । कम्पनीकाे अन्य स्रोतबाट हुने आम्दानी र विद्युत बिक्रीबाट हुने आम्दानीमा वृद्धि भएकाे हुनाले नाफामा आकर्षक चमक देखिन मद्दत पुगेकाे हाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ७० लाख ८१ हजार रूपैयाँ रहेकाे छ । दाेश्राे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा पुगेको छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा पुगेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।