Like us!
Follow us!

नेपाल बङ्गलादेश बैंकको नाफा १६.५२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? (विवरणसहित)

नेपाल बङ्गलादेश बैंकको नाफा १६.५२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६.५२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८ प्रतिशतले थाेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १८.८९ प्रतिशतले धेरै हाे । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

600f82f386abd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।