लगानी खबर, काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (माघ १३ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि भाेलि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (माघ १३ गते, मंगलबार) सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे माघ ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बिसाैँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । याे प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।
यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।