Like us!
Follow us!

सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट

लगानी खबर, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, काठमाडौं बीच सम्झाैता भएकाे छ ।

सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरूले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् ।

त्यसैगरी, यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।