Like us!
Follow us!

लाेक सेवाकाे आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लाेक सेवाकाे आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लगानी खबर, काठमाडौं – लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । लाेक सेवाले प्रकाशन गरेकाे विज्ञापनमा उसकाे वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ ।

अनलाइनमार्फत पहिलाे पटक आवेदन गर्न लाेकसेवाकाे वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ । पुरानाे उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।