Like us!
Follow us!

सोमबार यी कम्पनीका लगानीकर्ता धेरै रमाए, तपाईँ पर्नुभयो कि भएन त ?

सोमबार यी कम्पनीका लगानीकर्ता धेरै रमाए, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौँ - आज (साेमबार) शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक शेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ मा पुगेकाे छ । नेप्से ०.६६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२ मा पुगेको छ । कूल २०८ वटा कम्पनीकाे एक कराेड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँको कारोबार भएकाे छ ।

बढेको बजारमा नागरिक लगानी काेष, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, गाेर्खाज फाइनान्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नेपाल बैंक लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् ।

यी हुन् धेरै कमाएका कम्पनीहरू :

600ea446e17bd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।