Like us!
Follow us!

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - आज (साेमबार) पनि शेयर बजारमा उत्साह कायम नै रहेकाे छ ।

साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक शेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ मा पुगेकाे छ । नेप्से ०.६६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२ मा पुगेको छ । कूल २०८ वटा कम्पनीकाे एक कराेड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, एनसीसी बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

600ea43f368d6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।