Like us!
Follow us!

सामुदायिक लघुवित्तको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

सामुदायिक लघुवित्तको शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

लगानी खबर, काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

संस्थाकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा फागुन ५ गते बुधबार, लहरीखर्क रिसाेर्ट, साँगा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ ।  त्यसैले, संस्थाका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

संस्थाले साधारण सभा प्रयाेजनका लागि माघ २५ गते बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा काराेबार भएर कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600e55378d357.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।