Like us!
Follow us!

मोलुङ्ग हाइड्रोले आइपिओ निष्कासन गर्ने

मोलुङ्ग हाइड्रोले आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित ११औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे माघ ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ११औं वार्षिक साधारण सभा फागुन ६ गते, बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय,रविभवन, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने तथा आइपिओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600e4fe6efc3a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।