लगानी खबर, काठमाडौँ - बीमा समितिले माघ ९ गते शुक्रबारसम्मको कोरोना बीमाको तथ्याङ्क सार्वजनिक गरेकाे छ । उक्त तथ्याङ्क अनुसार हालसम्म ३० हजार २ सय ७० जनाले २ अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ बराबरकाे दाबी भुक्तानी गरेका छन् ।
यसैगरी, २१४ जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरिएकाे छ । माघ ९ गते शुक्रबारसम्ममा ५ हजार ८ सय ६४ जनाको दाबी प्रक्रियामा रहेको, ७ हजार ८ सय २९ जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, एक हजार ५ सय ९६ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको, ३ हजार १८ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको र ८ हजार ९ सय ७१ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेकाे उक्त विवरणमा उल्लेख गरिएकाे छ ।
बीमा समितिले सार्वजनिक गरेकाे तथ्याङ्क यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।