Like us!
Follow us!

गोर्खाज फाइनान्सको नाफा १७८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? (विवरणसहित)

गोर्खाज फाइनान्सको नाफा १७८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १७ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १७८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३ करोड ५५ लाख रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १७ करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, फाइनान्सकाे चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ, जगेडा कोषमा ७४ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी ३९ रूपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा रहेकाे छ । 

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

600d2ffb7974a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।