Like us!
Follow us!

नेपाल एग्रोको नाफा १२३.४३ प्रतिशतले बढ्यो

नेपाल एग्रोको नाफा १२३.४३ प्रतिशतले बढ्यो

लगानी खबर, काठमाडौँ - नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १२३.४३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड १ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३७.१७ प्रतिशतले धेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा भने ४ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६६ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ५ करोड ७२ लाख रुपैयाँ, जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५० रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ६ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

600d26dd2ff9c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।