Like us!
Follow us!

एनआरएन इन्फ्रास्टक्चरले प्रुडेन्सीयल पुनर्बीमा कम्पनीमा लगानी गर्ने

एनआरएन इन्फ्रास्टक्चरले प्रुडेन्सीयल पुनर्बीमा कम्पनीमा लगानी गर्ने

लगानी खबर, काठमाडौँ - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नयाँ खुल्न लागेकाे पुनर्बीमा कम्पनीमा लगानी गर्ने भएकाे छ ।

कम्पनीकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडमा संस्थापक शेयरधनी भई १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हाे । 

त्यसैगरी, उक्त बैठकमा प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न लगायत कम्पनीको तर्फबाट हस्ताक्षर लगायत आवश्यक कार्य गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडालाई सम्पूर्ण अख्तियारी प्रदान गरिने निर्णय पनि गरिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600d1e222a524.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।