Like us!
Follow us!

आरएसडिसी लघुवित्तले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

आरएसडिसी लघुवित्तले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

संस्थाकाे पाैष २४ गते सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेकाे ३.६३ प्रतिशत (करसहित) नगद लाभांश बुकक्लाेज हुँदासम्म अर्थात् पाैष ९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा नै जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । 

त्यसैगरी, संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

संस्थाको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेकाे छ । 

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

600d0f5d93929.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।