Like us!
Follow us!

आजदेखि टि प्लस टु लागु : के-के छन् नयाँ व्यवस्था ?

आजदेखि टि प्लस टु लागु : के-के छन् नयाँ व्यवस्था ?

लगानी खबर, काठमाडौं – आज (माघ ११ गते, आइतबार) बाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू हुने भएको छ । 

बाेर्डकाे पाैष २४ गते शुक्रबारकाे स्वीकृती र केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच माघ २ गते शुक्रबार भएकाे छलफलमा आज (माघ ११ गते, आइतबार) बाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू गर्ने निर्णय भएको हाे ।

यसअघि शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको थियाे । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । ‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नुपर्छ ।

त्यसैगरी, स्कट ब्रोकर एशोसिएशन अफ नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै टी प्लस टु चक्रको  सफल कार्यान्वयनका लागि राफसाफसँग सम्बन्धित सबै पक्षहरुले आ-आफ्नो जिम्मेवारी समयमै निर्वाह गर्न आग्रह गरेकाे छ । राफसाफ प्रक्रियाको शुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा टी प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनका लागि लगानीकर्ताहरु अझ बढी जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् के-के छन् नयाँ व्यवस्था ?

600d04df43da9.jpg 600d04f02cd35.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।