लगानी खबर, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामासहित अन्य सूचकमा पनि चमक देखिएकाे छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ८८.७७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १७ करोड ९२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७३.१८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १० करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १२०.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ४० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ, जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५५ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।