लगानी खबर, काठमाडौँ - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २७.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २२.८८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १८ करोड २२ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा पनि २७.८८ प्रतिशतले बढेर १४ करोड २१ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ११ करोड २५ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ, जगेडा कोषमा २८ करोड ३३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।