Like us!
Follow us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सको आइपिओ छिनोफानो फागुन ३ गते

महालक्ष्मी लाइफ इन्स्योरेन्सको आइपिओ छिनोफानो फागुन ३ गते

लगानी खबर, काठमाडौँ - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे माघ ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन ३ गते , साेमबार, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । हालसम्म कम्पनीले सेबाेनमा निवेदन दिएकाे छैन । साधारण सभाबाट पारित भएर सेबाेनले स्विकृती दिएपछि आइपिओ निष्कासन गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600ce31ae32e6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।