Like us!
Follow us!

व्यवसायीद्वारा सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

व्यवसायीद्वारा सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

लगानी खबर, काठमाडौं – सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूले शुक्रबार कोटा प्रणाली खारेजीका लागि सुनचाँदी व्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोग गर्न महासंघसँग आग्रह गरेका हुन् ।  

महासंघका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रूपमा व्यवसाय सञ्चालनका लागि व्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्रहरू सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए । 

त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी ब्यवसायीका समस्या समाधानकालागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न मासंघले पहलकदमी लिने विश्वास व्यक्त गरे । आयातित सुन पुनः विदेश नजाओस भन्नकालागि सिमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकीने व्यवसायीको सुझाव छ । 

पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकहरू मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही समय अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनवाट देखिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।