Like us!
Follow us!

कुलप्याडका दुई नयाँ मोडलहरु नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

कुलप्याडका दुई नयाँ मोडलहरु नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

लगानी खबर, काठमाडौं – लोकप्रिय र चर्चित मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको छ ।नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनलले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको हाे ।

कूल १० स्मार्टफोन

कुलप्याडको कूल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छभने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरु रहेका छन् ।

कूल १० स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ ।

कूल एस स्मार्टफोन

त्यसैगरी, अर्को स्मार्टफोन कूल एस स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फूलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु रहेका छन् ।

कूल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२,५९५ रुपैयाँ तोकिएको छ ।

यी दुवै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित छन् ।

कुलप्याडले छिटै नै यी दुबै मोडलका अन्य भेरिएन्टहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।