Like us!
Follow us!

गणपूरक सङ्ख्या नपुग्दा दोर्दी खोला जलविद्युतको सभा स्थगित : अब आइपिओ छिनोफानो कहिले ?

गणपूरक सङ्ख्या नपुग्दा दोर्दी खोला जलविद्युतको सभा स्थगित : अब आइपिओ छिनोफानो कहिले ?

लगानी खबर, काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हिजाे माघ ९ गते, शुक्रबार, कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा गर्ने भनेकाे वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएकाे छ । त्यसैले, कम्पनीले पुन: साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे हिजाे माघ ९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ २६ गते, साेमबार, कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि वेभिनार मार्फत सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ ।

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600bd6e0657d4.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।