लगानी खबर, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे २३औं वार्षिक साधारण सभा आज (माघ ९ गते, शुक्रबार) बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा सम्पन्न भएकाे छ ।
सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।
यसैगरी, सभाले संस्थापक समुह “क” बाट तीन जना र सर्वसाधारण समुह “ख” बाट एक जना महिला सहित तीन जना गरी जम्मा छ जना सञ्चालकहरूको निर्विरोध रूपमा निर्वाचित गरेको छ ।
साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरूको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरूमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।